बेलहिया नाकामा बुद्धत्व झल्कने विशाल स्वागतद्वार निर्माण


रूपन्देही : भैरहवाको बेलहिया नाकामा स्वागतद्वार निर्माण गरिएको छ । स्वागतद्वारको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले उद्घाटन गरे ।

द्वारमा १० प्रकारका १२ वटा बुद्धमूर्ति राखिएसँगै बौद्ध धर्मगुरुहरूले पूजापाठ गरेका थिए । बुद्धत्व झल्किने गेट र गेटमा १० प्रकारका १२ वटा मूर्तिसमेत प्रतिस्थापन गरिएको छ ।

सिद्धार्थनगर–१ स्थित डण्डा खोलाको छेउमा गेट बनाइएको गेट बुद्धत्व झल्कने गरी बनाइएको छ । सिद्धार्थनगर नगरपालिकाले ७ करोड ९ लाख २७ हजार रूपैयाँ लागतमा गेट बनाएको हो । बुद्धभूमि लुम्बिनी प्रवेशका लागि गेट बनाइएको नगर प्रमुख हरिप्रसाद अधिकारी बताए ।

गेट निमार्णका लागि नगरपालिकाले २०७५ मंसिरमा प्राकृतिक निर्माण सेवासँग गेट निर्माणको ठेक्का सम्झौता गरेको थियो । गेट निर्माण यही २०७८ असार २५ भित्रै सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण ढिलो भएको थियो ।

गेटमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा राखिएको छ । गेट ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो छ ।

गेटलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजुरले सिँगारिएको छ । – लोकान्तर

प्रकाशित : २०७८ पुष १२, सोमबार १४:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ