कुकुरको सहयोगमा अनुसन्धान सुरु


टुडेखोज, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरमा भएको महिला ह-त्याको अनुसन्धान प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा सुरु गरेको छ ।

स्थानीय ५० वर्षीया महिला भुटनीदेवी यादवको शव आज विहान खेतमा फेला परेको थियो । उनी आईतवार साँझदेखि नै बेपत्ता थिइन् । उक्त घटनाको तालिम प्राप्त कुकुर (जंगे)को सहायताले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक महिलाको टाउकोमा वियरको बोतल पनि प्रहार गरिएको छ । घटना कसले र किन घटाएको विषयमा केहि खुल्न सकेका छैन । तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढेपछि संलग्न व्यक्तिहरुको छिट्टै पर्दाफास हुने अनुमान छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ