बारामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको संगठन विस्तार


कलैया । २०४९ सालमा गाविस अध्यक्षमा भारी मतले निर्वाचित चर्चित व्यक्ति विक्रम महरा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको बारा संयोजकमा चयन भएका छन् ।

बाराको कलैयामा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जिल्ला कार्यसमिति गठन तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका दलित अगुवाहरूले अधिवेशन सम्मको लागि महरालाई जिल्ला संयोजकमा चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा जननिर्वाचित वाडा सदस्य रामपतीदेवी राम र सचिवमा धीरेन्द्र राम लगायत २९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

बाराको कलैयामा आयोजित कार्यक्रममा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले सबैलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने नवगठित समितिलाई शुभकामना समेत दिएका थिए ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ