गोलबजारमा ठूलो घट्ना प्रदेश सरकारको कमजोरीले भयो : साँसद साह


टुडेखोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश साँसद जानकी शरण साहले मलखादको व्यवस्था गर्न प्रदेश सरकार असफल भएको बताएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले प्रदेश सरकारले मलखाद उपलब्ध नगराएकै कारण गोलबजारमा ठुलो घटना भएको बताए । किसानमाथि लगाएको मुद्दा फिर्ता र सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर सोमवार आमहड्ताल गरेका जनमत पार्टीका कार्यकर्ताले गोलबजारमा ट्रकमा आगजी गरेका थिए ।

उक्त घटना प्रदेश सरकारको कमजोरीले भएको साँसद साहले टिप्पणी गरे । उनले भने- मलखादको समस्या समाधान भएको भए यति ठूलो घटना हुने थिएन । यो प्रदेश सरकारको गम्भीर लापरबाही हो ।

साँसद साहले पञ्चायती व्यवस्थामा त केहि मलखाद मिल्थ्यो पनि तर अहिले संघीय व्यवस्था आएपनि मलखाद किसानले नपाइरहेको गुनासो गरे । सिँचाई, मलखाद र बीउविजनकै कारण किसान जहिल्यै समस्या झेल्न बाध्य भएको उनको भनाई थियो ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ