प्रचण्डको दस्तावेजमा उपेन्द्र यादवको खोजी किन ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नामको खोजी भएको छ ।

आइतबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि भएको समहुगत छलफलका क्रममा महाधिवेशन प्रतिनिधिहरुले यादवको नाम पनि खोजी गरेका हुन् । प्रचण्डको प्रतिवेदनमा पूर्व माओवादी समूह र नेकपा एकीकृत समाजवादी पार्टीसँग सहकार्य अगाडि बढाउँदै लैजाने पार्टीको नीति भएको उल्लेख गरिएको छ ।

तर उपेन्द्र यादव नेतृत्वको जसपाबारे बोलिएको छैन । जबकी जसपा पनि पाँच दलीय सत्तारुढ गठबन्धनमा छ । माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनका क्रममा जसपा अध्यक्ष यादवले विगतमा ओवादीसँगै रहेर काम गरेको स्मरण गरेका थिए । साथै आगामी निर्वाचनमा एकीकृत समाजवादी र जसपासँग देशभर चुनावी तालमेल गरेर जानुपर्ने मत माओवादीमा बलियो छ ।

त्यही मत समूहगत छलफल देखिएको एक नेता बताउँछन् । १८ नम्बर समूहको छलफलमा एक जना प्रतिनिधिले प्रश्न गरे, ‘उपेन्द्र यादवले म पनि माओवादी हुँ भनेर बोलिरहेका छन् । उनी नेतृत्वको पार्टीसँग हाम्रो पार्टी सहकार्य गर्दै अगाडि बढिरहेकै छ बेला बेला एकताको कुरा भएको छ । यसो हो भने माधव नेपालको मात्रै नाम किन राखियो ? उपेन्द्रको खोई ? यो थप्नुपर्छ ।’

१८ नम्बरकै महाधिवेशन प्रतिनिधि विष्णुहरि ढकालका अनुसार उपेन्द्र यादवका साथसाथै माओवादीबाट छुट्टएिर गएका सबै पार्टी र समूहसँग एकता गर्नका लागि अधिकतम लचकता अपनाएर जानुपर्ने र त्यही अनुसारको भाषा प्रतिवेदनमा उल्लेख हुनुपर्ने सुझाव जोडदार रुपमा प्रकट भएको छ । ‘पूर्व माओवादीहरु एक ठाउँमा आउँदा मात्रै २०६४ सालको चुनाव बिर्साउने सपना देख्न सकिन्छ भनेर साथीहरुले राख्नुभएको छ,’ ढकालले भने । – अनलाइनखबर

प्रकाशित : २०७८ पुष १४, बुधबार ०५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ