रौतहटमा चक्काजाम उल्लंघन गरेको भन्दै गाडी तोडफोड, ७ जना पक्राउ


रौतहट । चक्काजामको उल्लंघन गरेको भन्दै रौतहटमा पनि जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । जनमतका कार्यकर्ताले गरुडामा ३ वटा सवारी साधन तोडफोड गरेका हुन् ।

दुईवटा मालवाहक टिपर र एउटा पिकअप गाडीमा आन्दोलनमा उत्रेका जनतका कार्यकर्ताहरुले तोडफोड गरेको बुझिएको छ । तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सिरहाबाट सुरु भएको किसान आन्दोलन प्रदेश २ का ६ जिल्लामा फैलिएको छ । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, भ्रष्ट जनप्रतिनिधिहरुमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी आन्दोलनरत छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ