१५ करोड हिनामिना गरेको आरोपमा बैंकका सीईओ पक्राउ


विराटनगर । १५ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदी पक्राउ परेका छन् ।

बैंकका सीईओ सुवेदीलाई प्रहरीले बुधबार बेलुका विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ९एसपी० जनार्दन जिसीले बैंकको रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको बताए ।उनका अनुसार घोटाला भएको रकमको ठूलो हिस्सा सीईओ सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ ।

स्रोतका अनुसार बैंकको रकम हिनामिना प्रकरणमा पाँच कर्मचारी शंकाको घेरामा छन् । सुवेदीसँगै बैंकका अरु कर्मचारीलाई पनि प्रहरीले शंकाको घेरामा राखेको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ