राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा, मधेसमा मन्त्रीको विरोध गर्ने


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीले किसान आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेको छ । सरकारले माग पुरा गर्न चासो नदेखाएको निष्कर्ष निकाल्दै उक्त पार्टीले आन्दोलन सशक्त पारेको हो ।

बुधवार जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । उनले जारी गरेको विज्ञप्तीमा मधेस पस्ने संघीय मन्त्रीको विरोध समेत गर्ने निर्णय भएको उल्लेख छ ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको आरोप अध्यक्ष डा. राउतले लगाएका छन् ।

उनले भनेका छन्- आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्याँस चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको छ । हेर्नुस् विज्ञप्ती :

अनिश्चित्कालीन बन्दको घोषणा
जनमत पार्टीको नेतृत्वमा किसानहरूको विभिन्न जायज माग लिएर करीब एक हप्तादेखि किसान आन्दोलन भइराखेको सर्वविदित नै छ तर किसान आन्दोलनका मागहरूलाई नेपाल सरकारले हालसम्म पूर्ण रूपमा बेवास्ता गर्दै माग अनुसार मन्त्रीस्तरीय ÷ उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको उल्टा आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्याँस चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनका ७ बूँदे माग मध्ये कुनै पनि माग पूरा नगरेकोले जनमत पार्टीले तपसिल बमोजिम थप आन्दोलनका कार्यक्रमहरू ल्याउने निर्णय गरेको छ ।

१. २०७८ पौष १५ गतेदेखि तराई मधेशका जिल्लाहरूमा पूर्व पश्चिम राजमार्ग दिवा–कालको लागि अनिश्चित्कालीन् बन्द गर्ने ।
२. २०७८ पौष १५ गतेदेखि तराई मधेशका जिल्लाहरूमा संघीय मन्त्रीहरू उपस्थित रहने कार्यक्रमहरूमा विरोध प्रदर्शन गर्ने।
यसका साथै किसान आन्दोलनलाई भव्य रूपमा सफल बनाउनका लागि सम्पूर्ण जनतामा आह्वान समेत गर्दछौं ।
– डा. सीके राउत
अध्यक्ष, जनमत पार्टी

प्रकाशित : २०७८ पुष १५, बिहीबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ