सप्तरीमा बाँस तेर्साएर राजमार्ग अवरुद्ध गरे जनमतका कार्यकर्ता


टुडेखोज, सप्तरी । जनमत पार्टीका कार्यकर्ताहरुले सप्तरीको भारदहमा बाँस तेर्साएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग बन्द भएपछि सवारी साधनहरु अलपत्र परेको हो ।

भारदहमा जनमतका कार्यकर्ताहरुले प्रहरी दमन बन्द गर, किसानको माग पुरा गर जस्ता नारा लगाइरहेका छन् । उनीहरुले राजमार्गमा टायर समेत बालेका छन् । प्रदर्शन भइरहँदा पुगेको प्रहरी मुकदर्शक बनेका हुन् ।

जनमत पार्टीले सुरु गरेको किसान आन्दोलन सफल पार्न आजबाट राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको छ । केन्द्रीय अध्यक्ष डा. सीके राउतले राजमार्ग बन्दको घोषणा गरेका कारण जनमतका कार्यकर्ताहरु प्रदेश २ का ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार ११:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ