सर्लाही : सुतिरहेका दुई युवकमाथि मध्यरातमा खुकुरी प्रहार


सर्लाही । सुतिरहेकै अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार गरिएको छ । लालबन्दी नगरपालिका ८ जानकीनगरका किरण बम्जन र संजय मगरमाथि खुकुरी प्रहार भएको हो ।

स्थानीयका अनुसार घरमा सुतेका उनीहरु ढोका लगाएका थिएनन् । मध्यरातमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरे । बम्जनको हातको नसा काटिएको छ भने मगरको दुवै हात काटिएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । खुकुरी कसले प्रहार गरेको विषयमा प्रहरीले अहिलेसम्म केहि पत्ता लगाउन सेका छैन । अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ