भारदहमा प्रहरीको हस्तक्षेप : बन्दकर्ता किसानलाई सडकमा घिसारे !


टुडेखोज, सप्तरी । सप्तरीको भारदहमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारीमाथि लाठीचार्ज गरेर प्रहरीले राजमार्ग खुलाएका हुन् ।

लाठीचार्ज गर्दापनि आन्दोलनकारी नभागेपछि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेका किसानलाई प्रहरीले घिसारेर लगेको स्थानीय पप्पु पञ्जियारले बताएका छन् । उनका अनुसार अहिले किसान आन्दोलनका समर्थनमा महिलाहरुले भारदह प्रहरी कार्यालय घेरेकी छन् ।

विहानदेखि नै भारदहमा जनमत पार्टीका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गराएका थिए । उनीहरु सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ठूलो संख्यामा रहेका प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालनमा ल्याएको छ ।

जनमत पार्टीले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने लगायतका सात बुँदै माग राखेर अनिश्चितकालका लागि पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको छ ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ