साँसद मण्डललाई जनमतका नेताको प्रश्न- किसान आन्दोलनलाई अपमान गर्ने ?


टुडेखोज, जनकपुरधाम । किसान आन्दोलनलाई अपमानित गर्नेगरी जनता समाजवादी पार्टीका प्रदेश साँसद सुरेश मण्डलले सामाजिक सञ्जालमा टिप्पणी गरेपछि जनमत पार्टीका नेताहरुले प्रतिरोध गरेका छन् ।

सिरहाका प्रदेश साँसद मण्डलले जनमत पार्टीको किसान आन्दोलनलाई ‘सीके राउतले आफ्नो रोटी सेक्न चाहन्छ’ भन्ने टिप्पणी गरेका थिए । उनले भनेका छन्, ‘यो बन्द न किसानको हो न किसानको लागि हो ।’ यस्तो टिप्पणी गरेपछि जनमत पार्टीका नेताहरु उनीमाथि पनि सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका हुन् ।

जनमत पार्टीका केन्द्रीय सदस्य निर्मण मण्डलले राज्यमन्त्री मण्डललाई अन्धा र भ्रष्टचारीको संज्ञा दिएका छन् । उनले डा. सीके राउतलाई उपदेश वा जनमत पार्टीमाथि टिप्पणी गर्न पूर्व राज्यमन्त्री मण्डललाई कुनै हैसियत नभएको पनि भनेका छन् ।

साँसद मण्डलले किसान आन्दोलनमाथि टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक विरोध भइरहेको छ । उनले लेखेको टिप्पणीमै धेरैले ‘तपाई पनि त मधेसीको नाममा रोटी सेक्नु भयो र राज्यमन्त्री बन्नुभयो’ जस्ता कमेन्ट गरेका छन् ।

जनमत पार्टीले किसान आन्दोलन सुरु गरेपछि विभिन्न पार्टीका नेताहरुलाई छटपटी बढ्न थालेको छ । अब धेरै नेताको पसल बन्द हुने भएकाले उनीहरु किसान आन्दोलनमाथि गलत टिप्पणी गरिरहेको जनमत पार्टीका नेताहरु बताउँछन् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ