कुहिरोले अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, कुवेतबाट आएको विमान ल्याण्ड भएन


काठमाडौं । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी १०० मिटरमा झरेको छ । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ उडान प्रभावित भएको हो ।

सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन सकेका छैन ।

कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो । कुहिरो तथा हुस्सुका कारण जनकपुर विमानस्थल पनि ठप्प बनेको छ ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ