लहान सिटी जेसिजको अध्यक्षमा पहिलो पटक महिला निर्विरोध


जयनाथ यादव, सिरहा । लहान सिटी जेसिजको अध्यक्षमा पहिलो पटक महिला निर्विरोध निर्वाचित भएकी छन् । २०औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट लहान सिटी जेसिजको अध्यक्षमा कुमु चौधरी निर्वाचित भएकी हुन् ।

यस्तै कार्यकारीणी उपाध्यक्षमा स्व्यमेव साह र उमेश साह चयन भएका छन् । तालिम निर्देशकमा नविन गोसाई, जनसम्पर्क अधिकृतमा उमेश कुमार यादव तथा उपाधक्ष्यमा चार जना राकेश साह, रामबाबु ठाकुर, सुनिल कार्की र अनिल साह निर्विरोध चयन भएका हुन् ।

मनोनित पदहरुमा फिरोज शेख (महासचिव), रन्जु सिंह (कानुनी सल्लाहकार) र जागेश्वर पासमान कोषाध्यक्षमा मनोनित भएका छन् । वर्ष २०२१ का अध्यक्ष अजय जयसवालको अध्यक्षता तथा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साहको प्रमुख आतिथ्यमा बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ