किसान आन्दोलन सफल पार्न सिंगापुरबाट डा. महतोले पठाए ५० हजार


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीले मधेसमा सुरु गरेको किसान आन्दोलन सफल पार्न आर्थिक सहयोग जुट्न थालेको छ । सिंगापुरमा बस्ने डा. श्यामबाबु महतोले आन्दोलनका लागि आर्थिक सहयोग गरेका हुन् ।

डा. महतोले आन्दोलनका लागि ५० हजार सहयोग गरेको जनमत पार्टीले जनाएको छ । उनले मधेसमा जारी किसान आन्दोलनमा समर्थन जनाउँदै किसानहरुलाई सहभागी हुन अपिल समेत गरेका छन् ।

केहि दिन अगाडी जनमत पार्टीले किसान आन्दोलन र अगामी निर्वाचनका लागि आर्थिक सहयोगका लागि विज्ञप्ती नै जारी गरेको थियो । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने वा किसानलाई विजुली निःशुल्क दिनुपर्ने जस्ता माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ