नेकपा एकिकृत समाजवादी नवराजपुर गाउँपालिका अध्यक्षमा दिपेन्द्र यादव


जयनाथ यादव, लहान । नेकपा एकिकृत समाजवादीको नवराजपुर गाउँपालिका अध्यक्षमा दिपेन्द्र यादव चयन भएका छन् ।

शुक्रबार सम्पन्न प्रथम गाउँपालिका भेलाबाट यादवको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिती चयन भएको छ । गाउँपालिका उपाध्यक्षमा ब्रहमदेब महतो र गंगा यादव, सचिवमा राजकुमार यादव तथा सहसचिवमा अशोक यादव चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीको गाउँपालिका स्तरीय प्रथम भेला जिल्ला कमिटी सदस्य शिबनाथ यादवको अध्यक्षता र पूर्व सामान्य प्रशासण मन्त्री तथा पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रकाशित : २०७८ पुष १७, शनिबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ