आज कस्तो छ मधेसको मौसम ?


जनकपुरधाम । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला पश्चिमी तथा मध्य मधेसका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिक बदली रहनेछ । राति पनि देशभर आंशिक बदली रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार ०७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ