विमानस्थलबाटै ५० लाखसहित सौर्य एयरलायन्सकी महिला कर्मचारी पक्राउ


काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ ।

विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्सबाटै उक्त रकम काठमाडौँ आइपुगेको थियो । उक्त रकम संकलन गर्न आउने सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन भएको सौर्य एयरलायन्सको विमानमा उक्त रकम लुकाईछिपाई ल्याउँदै गरेको थियो ।

गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाईछिपाई राखेको रातो प्लास्टिकले बेरिएको कार्टुनभित्र रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद नेपाली रुपैयाँ ५० लाखको ति महिला कर्मचारीले स्रोत खुलाउन सकेकी छैन् । बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन् ।

बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ