नेपालमा बस दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते


काठमाडौं । पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी जादैगरेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको हो ।

आइतबार बिहान करिब १०ः३० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारा लागि पठाइएको छ ।

शव बोकेको बसमा करिब ३५ जना यात्रु रहेकोमा अन्य यात्रुहरु सामान्य घाइते भएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार १२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ