धनुषामा प्रहरीले गो’ली बर्साए, जनमतका ५ कार्यकर्ता गम्भीर, जनकपुर लगिदै


जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग बन्द गराउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ ।

गो’ली लागेर पाँच जना घाईते भएका हुन् । घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा लागेकाले दुबै जनाको अवस्था चिन्ताजनक रहको बुझिएको छ ।

घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर लगिदैछ । सबै जनालाई एम्बुलेन्समा प्रादेशिक अस्पताल लगिरहेको जनमत पार्टीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ