मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दायर (प्रमाणसहित)


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा १० जनासहित दुई कम्पनीलाई समेत विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गुणस्तरहीन रासायनिक मल ९डीएपी० आयातमा एक अर्ब भ्रष्टाचार भएको अख्तियारको दाबी छ । अख्तियारले कृषि सामग्री केन्द्रका प्रवन्ध सञ्चालका नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्‍याएको र आफूलाई लाभ हुने कार्य गरेको पुष्टि भएको दाबी गरेको छ ।

उनीहरूविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । खरिदमा नेपाल सरकारले तोकेको गुणस्तरको मल आयात नभएको, सार्वजनिक खरिद ऐन विपरीत कृषि सामग्री कम्पनीले प्रतिस्पर्धा प्रमाणपत्रसमेत अध्यावधिक नगरेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रालिलाई गुणस्तर प्रतिवेदन तयार पार्न लगाएको अख्तियारको आरोप छ ।

सोही गुणस्तर प्रतिवेदन भण्सार नाका र कृषि सामग्री कम्पनी लिमिटेडमा पेस गरेर आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशत भुक्तानी दिएको पनि अख्तियारले ठहर गरेको छ । जसमा गुणस्तर प्रतिवेदन तयार पारेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिसका प्रबन्ध निर्देशक सलिल देवकोटा सोही संस्थाका ल्याव निर्देशक सुनिलबाबु खत्री र सोही संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी कम्पनी र प्रयोगशालाबीच सम्झौता गर्ने मनोज आचार्यलाई पनि विपक्षी बनाई मुद्दा चलाइएको छ ।

आपूर्तिकर्ता कम्पनी जोसी विज हाउसलाई पनि विपक्षी बनाइएको अख्तियारले जनाएको छ । जोसी विज हाउसका विनित जोसीलाई मुद्दामा तानिएको छ । यता मलखाद उपलब्ध गराउनुपर्ने भन्दै जनमत पार्टी मधेसमा आन्दोलनरत छ । प्रमाण हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७८ पुष १८, आईतवार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ