काँग्रेस महोत्तरीमा विवाद कायमै, भोक हड्तालमा बस्ने चेतावनी


महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ ।

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

आज केन्द्रलाई पठाइएको ध्यानाकर्षणपत्रपत्रमा ‘क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको’ उल्लेख छ ।

क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दुस्खद् भएको भन्दै पूर्वमहासचिव बजरंग नेपालीले भोक हड्तालको चेतावनीसहित जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूको मागलाई समेत उल्लेख गर्दै कांग्रेस महोत्तरीले विवादित ठाउँहरूको समस्या नसुल्झाएसम्म जिल्ला अधिवेशन नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ