जनकपुर आएर लिङ्देनले दिए देशभर आन्दोलन गर्ने चेतावनी


सिबेन्द्र रोहिता, जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेका छन् ।

आज जनकपुरमा आयोजित राप्रपाको प्रदेश आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने( पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरोस् । अन्यथा पौष २७ गतेबाट पृथ्वी जयन्ती मनाउँदै देशभरी आन्दोलन सुरु गर्छौ ।

उनले पृथ्वी जयन्ती राजनीतिक दलको विचारभन्दा माथिको कुरा भएको बताए । राष्ट्र निर्माताको सम्मान गर्न सरकारले कन्जुस्याई गरिरहेको आरोप समेत उनले लगाए ।

उनले भने- पृथवी नारायण शाह थिए, त्यसकारण नेपाल भन्ने राष्ट्र छ । नेपाल भन्ने देश छ, त्यसकारण शेरबहादुर देउवा प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति छन् ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ