रोग पत्ता लगाउन सिरहाका पीडित गुन्जनलाई आर्थिक सहयोग


टुडेखोज, लहान । रोग पत्ता लगाउन सिरहा नगरपालिका ६ बसपिट्टाका ३५ बर्षिय गुन्जन गोठियालाई आर्थिक सहयोग गरिएको छ । डाक्टर एसोशिएसन अफ माल्दिभ्सले उनलालाई आर्थिक सहयोग गरेको हो ।

प्राथमिक उपचार तथा रोग पत्ता लगाउनका लागि तत्काल ११ हजार ५ सय रुपैयाँ गोठियालाई सहयोग गरेको एसोशिएसन अफ माल्दिभ्सले जनाएको छ । उक्त संस्थाका नेपाल प्रतिनिधि डा. मुकेश यादवले रोग पत्ता लागेपछि उपचारका लागि उनलाई थप आर्थिक सहयोग गर्ने बताए ।

गोठियाको गालामा मासु पलाएको छ । विगत ११ वर्षदेखि गोठिया उपचार नपाएर पिडा झेल्दै आएका छन् । किन मासु पलाएको र उपचार सम्भव छ कि छैन भन्ने कुरा पत्ता लगाउन आर्थिक अभावका कारण उनी अस्पताल पुगेकै छैन ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ