मधेशबाट माइतीघर पुग्यो सीके राउतको किसान आन्दोलन


काठमाडौं । किसानको अधिकार खोसिएको भन्दै आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

केही दिनयता मधेशकेन्द्रित आन्दोलनमा रहेका जनमतका कार्यकर्ताले माइतीघरमा विरोध गरेका हुन् । उनीहरूले उखु किसानको भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने, समयमा मलखाद, बीउ, सिँचाइ व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।

पुस १० गतेबाटै मधेसमा जनमत पार्टी आन्दोलनरत छ । पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक पटक विभिन्न स्थानमा झडप भएको हो । सरकार भने अझै माग पुरा गर्न चासो देखाएको छैन ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ