काँग्रेस धनुषा सभापतिमा उम्मेदवारी दिने योगेन्द्र पञ्जियारको घोषणा (भिडियोसहित)


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरेका छन् । आज उनले जनकपुरमा पत्रकार सम्मेलन गरी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे ।

०५६ सालदेखि काँग्रेसमा लागेका उनले आफू पार्टीको हिटमा र संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गरेको दावी गरे । तीन पटक क्षेत्रीय सभापति बनेका उनी अहिले क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पनि हुन् ।

उनले आफू सभापतिमा निर्वाचित भएपछि तीनै तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताए । उनले भने( म विश्वास दिलाउन चाहन्छु, निर्वाचित भएपछि पार्टीलाई सुदृढ र संगठित पार्छु । सबै तहको निर्वाचनमा जित हासिल गर्छौ ।

पञ्जिायर विमलेन्द्र निधी समूहका हुन् । उनको पत्रकार सम्मेलनमा निधी समूहका जिल्ला सभापति महेश शंकर गिरी र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव लगायतका नेताहरु पनि सहभागी थिए ।

यस्तै जिल्ला सभापतिमा डा. शेखर कोइराला समूहबाट दिनेश प्रसैला र शेरबहादुर देउवा समूहबाट सन्तोष यादव उम्मेदवारी दिने चर्चा चलिरहेको छ । यद्दपी उनीहरु औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैन् । धनुषा जिल्ला अधिवेशन माघ १५ मा हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् वा तल जानुहोस् ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ