प्रदेश २ : राज्यमन्त्री कर्ण सवार गाडी दुर्घटना, ६ जना घाइते


सप्तरी । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार सरकारी नम्बर प्लेटको गाडी सप्तरीमा दुर्घटना भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राज्यमन्त्री कर्णसहित ६ जना सवा ज १ झ ४०६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट तल खेतमा पल्टिएपछि राज्यमन्त्री कर्णसहित ६ जना नै घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० बर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ बर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह रहेका छन् ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ