ग्यास सिलिण्डर विष्फो’टः १ जनाको मृत्यु, १२ घाइते, घर पनि जल्यो


झापा । आगलागीपछि ग्यास सिलिण्डर विष्फो’ट हुँदा झापाको मेचीनगर ७ मा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने प्रयास गर्दा खाना पकाउने ग्यास सिलिण्ड विस्फो’ट हुँदा मेचीनगर ८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।

उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । उनका अनुसार टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घर पूणर्रूपमा जलेर नस्ट भएको छ ।

आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर ८ की ८ वर्षीया सुशीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ