सिरहामा यस्तो कुहिरो ! राजमार्गमा गाडी चलाउनै मुस्किल


जयनाथ यादव, लहान । सिरहामा आज अत्यधिक कुहिरो लागेको छ । कुहिरोले करिब २० मिटर अगाडी हेर्न पनि मुस्किल भइरहेको छ ।

अत्यधिक कुहिरोले राजमार्गमा गाडी चलाउन पनि समस्या भएको चालकहरु बताउँछन् । विगत चार दिनदेखि सिरहासहित मधेसमा चिसो अत्यधिक बढेको छ । हावा चलेका कारण विहानको समयमा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको सर्वसधारण बताउँछन् ।

विशेषगरी चिसोबाट दलित विपन्न वर्गका बृद्धबृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा चिसोबाट बच्न विद्यालयमा एक साताका लागि विदा दिएको छ ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ