किसान आन्दोलन : सप्तरीमा हलो बोकेर जनमतका कार्यकर्ताद्धारा प्रदर्शन


टुडेखोज, राजविराज । किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले आज सप्तरीको भारदहमा हलो बोकेर प्रदर्शन गरेका छन् । उनीहरु पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले किसानको माग पुरा गर, किसानमाथि दमन बन्द गर, माग सम्बोधन गर्न उच्च स्तरीय बार्ता टोली गठन गर, दमनकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका छन् । प्रदर्शनमा महिलाहरु समेत सहभागी भएकी थिइन् ।

भारदहमा दिनहुँ जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गर्छन् । दुई दिन अगाडी प्रहरीले दमन गरेपछि महिलाहरु झाडु बोकेर सडकमा उत्रेकी थिइन् । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्द गरेको छ ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ