रामजानकी मन्दिरबाट मूर्ति चोरी गर्ने एक जना पक्राउ


दाङ । नेपालगञ्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय असरफ बागवान छन् ।

उनले तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा पक्राउ परेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका १ घर भएका बागवानलाई चोरीका सबै समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मन्दिर परिसरबाट मूर्ति सामानहरु चोरी भएपछि खोजी गर्ने क्रममा पक्राउ परेका असरफबाट देवीदेवताका तीन थान मूर्ति, नाग देवताको दुई थान मूर्ति, पाँचवटा घण्टी तीनवटा त्रिशुल, चार थाना तामाको लोटा, एक थान आरती, आठ थान पाला छोप्ने ढक्कन बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान र पक्राउ परेका बागवानमाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ