साढे ३३ किलो सुन तस्करी प्रकरणः गोरेका भाई रमेश २ लाख धरौटीमै छुटे


काठमाडौं । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।रमेश उप्रेती साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेका छन् । सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि गत मंगलबार युएईबाट नेपाल आएका लगत्तै उनी पक्राउ परेका थिए ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ