हरेक वार्डमा सुरक्षा दस्ता निर्माण गर्न सीके राउतको निर्देशन


टुडेखोज, जनकपुरधाम । किसान आन्दोलन गरिरहेका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले हरेक वार्डमा सुरक्षा दस्ता (स्वयंसेवक) निर्माण गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष डा. राउतले आफ्नो सचिवालय फेसबुक पेजमार्फत यस्तो निर्देशन दिएका हुन् । उनले अन्य पार्टीका दुष्ट व्यक्तिसँग लड्न र जारी किसान आन्दोलन सफल पार्न सुरक्षा दस्ता निर्माण गर्न भनेका छन् ।

उनले भनेका छन्ह- रेक वार्डमा अनिवार्य सुरक्षा दस्ता चाहियो र आन्दोलनमा आउनुपर्छ । यदि सुरक्षा दस्ता बनाएनौं भने अन्य पार्टीका दुष्ट व्यक्ति निर्वाचन लड्न दिन्छ ? त्यसैले आन्दोलन गर्न होस् वा अगामी दिनमा चुनाव लड्न, सुरक्षा दस्ता हरेक वार्डमा अनिवार्य बनाउनैपर्छ ।

अहिले उक्त पार्टीले गरिरहेको किसान आन्दोलनमा प्रहरीले ठाउँ ठाउँमा बल प्रयोग गरेको छ । डा. राउतले प्रशासनले बल प्रयोग गरे प्रतिकार गर्ने रणनीतिका साथ अगाडी बढेको देखिएको छ । त्यसैले पनि सुरक्षा दस्ता निर्माणमा विशेष ध्यान दिएको बुझिएको छ ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ