सिरहामा किसानको विशाल प्रदर्शन, जनमतको आन्दोलनमा उर्लिए असली किसान (१० फोटो)


जयनाथ यादव, सिरहा । जनमत पार्टीको किसान आन्दालनमा असली किसानको सहभागीता नरहेको व्यापक गुनासो आइरहेको थियो । तर पछिल्लो समय किसानहरु समेत सडकमा उर्लिन थालेका छन् ।

शुक्रवार सिरहा सदरमुकाममा हजारौं किसान जनमत पार्टीको किसान आन्दोलनमा सहभागी भए । जसमध्ये धेरै किसान हलो बोकेका थिए । उनीहरु किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका छन् ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर पुस १५ गतेबाट जनमत पार्टी अनिश्चितकालिन राजमार्ग बन्द गराएको छ । हेर्नुस् फोटोहरु :

 

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ