क्यान्सर पीडितलाई मासिक भत्ता दिने प्रदेश २ सरकारको तयारी


टुडेखोज, सिरहा । क्यान्सर पीडितहरुलाई प्रदेश २ सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितहरुलाई मासिक भत्ता दिने तयारीमा प्रदेश सरकार जुटेको बताएका हुन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औ केन्द्रिय सभामा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख राहत पाउदै आएकोमा अब कानून बनाएरै मासिक भत्ताको समेत व्यवस्था गर्ने बताएका छन् ।

प्रदेशमा क्यान्सरको उपचार हुन नसकेको अवस्थामा संस्थाले लहानमा स्थापना गर्न लागेको क्यान्सर अस्पतालमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले बताए । क्यान्सर प्रमुख कारक धुम्रपान न्युनिकरणमा प्रदेश सरकार कडाईका साथ प्रस्तुत हुने उनको भनाई थियो ।

प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास थालेको मुख्यमन्त्री राउतले उल्लेख गरे । उनले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी समेत गरे ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ