आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना छ, होसियार रहौं : मौसमविद्


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ ।

महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘आगामी दिनमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।’

प्रकाशित : २०७८ पुष २४, शनिबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ