प्रचण्ड र नारायणकाजीमा कोरोना संक्रमण पुष्टि


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । दुबै जनाले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जनाएका हुन् ।

प्रचण्डको स्वास्थ्यमा केही सहजता देखिएको छ र शुक्रबार एनटीजेन र आरटी पिसिआर परीक्षण गर्दा कोरोण संक्रमण देखिएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डको स्वासथ्य अवस्था सामान्य रहेको उनको फेसुबकमा उल्लेख गरिएको छ ।

उनी अहिले आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । ‘स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाईदिनु हुनेछ,’ फेसबुमा भनिएको छ, ‘स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेशनमा रहनु हुनेछ।’

यता, नेता श्रेष्ठले पनि पिसिआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टी भएको फेसबुकमार्फत जनाएका छन् । कोरोना संक्रमण पुुष्टी भएपछि आफू होम हाइसोलेसमान बसेको उनले उल्लेख गरेका छन् ।

उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहनेहरुलाई सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

प्रकाशित : २०७८ पुष २४, शनिबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ