प्रदेश २ः उखुखेतमा यस्तो अवस्थामा भेटियो दलित महिलाको लाश


टुडेखोज, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० कटानीस्थित उखुखेतमा अर्धन ग्न अवस्थामा एक दलित महिलाको लाश (शव) फेला परेको छ ।

कटानीकी ३२ वर्षीया सावित्रीदेवी राम चमारको शव फेला परेको हो । बरहथवा नगरपालिका ७ स्थित राम छबिला साहको उखुखेतमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयवासीले घाँस काट्ने क्रममा उनको शव फेला परेको थियो । शरीरको विभिन्न भाग जलेको अवस्थामा शव फेला पारेको स्थानीयले बताएका छन् । यस्तो अवस्थामा भेटिएपछि घटना शङ्कास्पद देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

ति महिला हप्ता दिनदेखि हराईरहेकी थिईन्। उनका श्रीमान् सुरत माँझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीको भनाई छ ।

प्रकाशित : २०७८ पुष २४, शनिबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ