बाघले चौधरीको ज्यान लियो


दाङ । बाँकेमा बाघले एक महिलाको ज्यान लिएको छ । शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा बाघले राप्ती सोनारी गाउँपालिका ६ की ३० बर्षीया चाँदनी चौधरीको ज्यान लिएको हो ।

चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बिहीबार मात्रै राप्ती सोनारी ४ की ५२ वर्षीया एक महिलाको पनि बाघले ज्यान लिएको थियो ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ