सेनिटरी प्याडको कर खारेज गर भन्दै प्रदर्शन


ललितपुर । ‘रातो कर माफ गर’ अभियन्ताहरुले शनिबार ललितपुरमा प्रदर्शन गरेका छन् । महिनावारी हुँदा प्रयोग गरिने प्याडमा सरकारले कर लगाएको भन्दै फिर्ता गर्नुपर्ने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

जावलाखेलस्थित भलिबल प्रशिक्षण मैदान अगाडि गरिएको प्रदर्शनमा सहभागीले ‘रातो कर बन्द गर’, ‘रातो कर माफ गर’, ‘हाम्रो महिला राष्ट्रपति कहाँ हुनुहुन्छ ?’ जस्ता सन्देश लेखिएका प्लेकार्ड, व्यानर लिएका थिए ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ