३ लाखमा बला-त्कार घटना मिलाउने वडा सदस्यसहित ५ जना पक्राउ


कैलाली । बला-त्कारको घटना मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी बेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होम प्रसाद सुवेदी, स्थानीय ब्यापारी राजु भट्टराई र आरोपी प्रकाश सुबेदी रहेका छन् ।

उनले मिलापत्र गर्ने केही फरार रहेको र उनीहरूको खोजी कार्य भैररहेको बताए । गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बला-त्कार गरेका थिए ।

घटना बाहिरीने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ