मन्त्री विजय यादवले गरे मल कारखाना र कृषि फर्मको अनुगमन


पर्सा । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले पर्सास्थित कृषि फर्म तथा मल कारखानाको आज अनुगमन गरेका छन् ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिका ३२ परसरास्थित बेमैसमी आलुको बीउ उत्पादन गर्ने एग्री नेट फर्म र वीरगञ्ज महानगरपालिका २४ स्थित प्राङ्गारिक मल उत्पादन गर्ने कारखानाको अवलोकन गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल यादवले जानकारी दिए ।

अवलोकन पश्चात मन्त्री यादवले कृषि प्रधान देश नेपाल कृषि क्षेत्रका विकास लागि प्रदेश सरकारले आगामी दिनमा प्रदेशको कृषि र किसानको विकास र प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत आव २०७७/७८ मा बेमैसमी आलुको बीउ उत्पादन गर्ने एग्री नेट फर्मलाई रु १६ लाख ६३ हजार ज्ञान केन्द्र पर्साले अनुदान दिएको थियो भने प्रांङ्गारिक मल उत्पादन गर्ने कारखानालाई कृषि निर्देशनालयले रु २५ लाख अनुदान दिएको थियो ।

प्रकाशित : २०७८ पुष २४, शनिबार २१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ