जनकपुरको मोडल मल्टिपल कलेज सवियू एकाई कमिटी अध्यक्षमा मण्डल


टुडेखोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपाप) नेपाल निकट समाजवादी विद्यार्थी युनियन (सवियू), धनुषाले जनकपुरस्थित मोडेल मल्टिपल कलेज एकाइ कमिटी गठन गरेको छ ।

कलेज एकाई कमिटीको अध्यक्षमा अनित कुमार मण्डल चयन भएका छन् । यस्तै उपाध्यक्षमा रामवरण यादव, सचिवमा राज साह, सहसचिवमा मनिष झा र कोषाध्यक्षमा पप्पु मण्डल चयन भएको बताइएको छ ।

कमिटीको सदस्यहरुमा क्रमशः भाष्कर चौबे, अजय कुमार कापर, मनिस कुमार यादव, सन्तोष कुमार यादव, सुजित यादव, पप्पु यादव, हिमान्सु झा, बिक्की चौधरी, रुपेश कुमार सिंह, वरुण यादव, रुपेश सिंह र रंजित कुमार यादव चयन भएका छन् ।

समाजवादी विद्यार्थी युनियन धनुषाका सचिव बलिराम कापरीले निर्वाचित कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ