औरही गाउँपालिकालाई जनमत पार्टीले भन्यो- ७ दिनभित्र बृद्धबृद्धालाई भत्ता देउ


टुडेखोज, सिरहा । जनमत पार्टीले औरही गाउँपालिकालाई सात दिनभित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेको छ ।

जनमत पार्टी औरही कमिटीले आज सामाजिक सुरक्षा भत्ता वितरणको मागसहित औरही गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । अन्य पालिकामा ३र३ महिनामा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपनि औरही गाउँपालिकाले ९ महिनासम्म भत्ता वितरण नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।

भत्ता नपाएपछि बृद्धबृद्धाले चिसो छल्न बाक्लो लुगा समेत खरिद गर्न नसकेको भन्दै सात दिनभित्र भत्ता वितरण नगरिए कडा कदम चाल्ने चेतावनी समेत औरही गाउँपालिकालाई दिएको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ