काँग्रेस सिरहा सभापतिमा रामचन्द्र यादवको उम्मेदवारी घोषणा


गणेश साह, लहान । नेपाली काँग्रेस सिरहा सभापतिमा पुनः उम्मेदवारी दिने रामचन्द्र यादवले घोषणा गरेका छन् । उनी वर्तमान जिल्ला सभापति र पूर्व साँसद पनि हुन् ।

जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले उनलाई सभापतिको उम्मेदवार घोषणा गरे । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावी समेत गरे ।

जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे । उनले भने- पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ