यसरी फिर्ता ल्याइयो ४४ वर्षअघि हराएको पद्मपाणि लोकेश्वरको मूर्ति


काठमाडौं । काठमाडौंको नक्सालस्थित शंकरदेव कीर्ति महाविहारबाट ४४ वर्षअघि हराएको पद्मपाणि लोकेश्वरको मूर्ति पुनर्स्थापना गरिएको छ ।

दसौँ शताब्दीको बेला निर्माण भएको सो मुर्ति २०३३/०३४ सालमा हराएको स्थानीयको भनाइ छ । विभिन्न संघ संस्थाको सहयोगमा धेरै ठाउँ र संग्रहालयमा खोजी गर्दा नभेटिएको मूर्ति अन्तिममा छाउनीस्थित राष्ट्रिय संग्रलाएमा भेटिएको थियो । त्यसपछि प्रमाण जुटाएर मुर्ति फिर्ता ल्याइएको हो ।

आज बाजागाजासहित पद्मपाणि लोकेश्वरको मूर्तिलाई छाउनीको राष्ट्रिय संग्रहालयबाट नक्सालको शंकर कीर्ति महाविहार फर्काइएको हो ।

प्रकाशित : २०७८ पुष २५, आईतवार २०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ