प्रदेश २ : फेरी एक युवक साढे १४ लाख रुपैयाँसहित पक्राउ


टुडेखोज, जनकपुरधाम । सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका २ औरैया महनोहरा गेटबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली नोटसहित एकलाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला ७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट रकम बरामद गरिएको र स्रोत खुलाउन नसकेकाले पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नं गण हेडक्वार्टर रौतहटले जनाएको छ।

विशेष सूचनाको आधारमा ११ नं गण हेडक्वार्टर रौतहट र प्रदेश नं २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकमसहित जैसवाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जैसवाल मोटरसाइकल तथा शरीरको खुट्टा, पेटलगायत स्थानमा लुकाएर स्रोत नखुलेको रकम ल्याउदै थिए ।

बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ । उनी हुण्डी कारोबारी रहेको अनुमान छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार ०६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ