जनकपुरधामका वडाअध्यक्ष सिंहलाइ पक्राउ गर्न माग


जनकपुरधाम । पसलमा तोडफोड तथा लुट’पाटको आरोप लागेका जनकपुरधाम उपमहनगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई पक्राउ गर्न पीडित परिवारले माग गरेका छन् ।

जनकपुरधाम ४ की गीतादेवी साहले आईतबार पत्रकार सम्मेलनको गरी आफ्नो पसलमा तोडफोड तथा लुटपाट गर्ने वडाध्यक्ष सिंहलाई पक्राउ गर्न माग गरिन् । उनले प्रहरीले कारवाही गर्नुको साटो संरक्षण दिइरहेको आरोप समेत लगाएकी छन् ।

केही वर्ष अघिसम्म जनकपुरधामको शुक्रबारी बजारमा पसल संचालन गर्दै आएकी उनीले आफूहरुको अनुपस्थितिमा वडाअध्यक्ष सिंहले जबरजस्ती पसलमा डोजरले तोडफोड गराइ समान लुटे’र लगेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइसकेकी छन् । उनले उजुरी दिएको लामो समय भईसक्दापनि प्रहरीले वडाध्यक्ष सिंहलाई पक्राउ नगरी संरक्षण दिइरहेको गुनासो गरिन् ।

गुठीको जग्गामा पसल संचालन गरेको र त्यसवापतको पैसा आफूले माासिक रुपमा बुझाउंदै आएपनि वडाध्यक्ष सिंहले प्रहरी प्रशासनलाई आर्थिक प्रभावमा पारी जबरजस्ती आफ्नो पसलमा तोडफोड गराइ लाखौ मूल्य बराबरको समानहरु लु’टेर लगेको साहले दाबी गरिन् ।

जनकपुरको कृषि उपज शुक्रबारी बजारको ठेक्का वडाध्यक्ष सिंहले शिवम् कन्ट्रक्सनको नाउँमा लामो समयदेखि लिएका छन् । कृषि उपज बजार भनिएपनि वडाध्यक्ष सिंहले त्यसमा लामो समयदेखि होटल संचालन गर्दै आएका थिए । अहिले उक्त होटल उनले बिक्री गरिसकेका छन् ।

‘लामो समयदेखि विधि सवम्त् उक्त जग्गामा पसल संचालन गर्दै आएका थिए’, पीडित साहले भनिन्, ‘तर वडाध्यक्ष सिंहले मेरो परिवारको दैनिक गुजारा गर्ने आहार नै खोसे । हामी सडकमा आईसकेका छौं । लाखौको ऋण छ । कहाँबाट महाजनहरुलाई तिर्छु ?’

प्रकाशित : २०७८ पुष २६, सोमबार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ