किसान आन्दोलनमा वैश्य यूवा संघको समर्थन, माग पुरा गर्न सरकारसँग अनुरोध


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीको किसान आन्दोलनमा नेपाल वैश्य यूवा संघ प्रदेश २ समितिले समर्थन जनाएको छ । संघका प्रदेश कमिटी अध्यक्ष राजु कुमार साहले विज्ञप्ती जारी गरेर किसान आन्दोलनमा समर्थन गरेका हुन् ।

मलखाद बिउविजन उपलब्ध गराउन, सिचाईको व्यवस्था गराउन, उखु किसानको भुक्तानी, किसान कार्ड र किसानलाई पेन्सनलगायतको माग राख्दै जारी किसान आन्दोलनबारे नेपाल सरकार अन्धो बहिरो देखिएको अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्ले छ ।

किसानको माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भर्त्सना गर्दै उनले सरकारको किसान विरोधी मानसिकता उदांगिएको भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले आन्दोलनका क्रममा पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्तामार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध समेत गरेका छन् ।
हेर्नुस् विज्ञप्ती :

प्रकाशित : २०७८ पुष २६, सोमबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ