माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको पनि निर्णय


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको आइतवार बसेको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिस मन्त्रालयले सदर गरेको हो । मन्त्रालयमा सोमबार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने उनले जानकारी दिए ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ